बेलायतमा गएको साता युरेपियन युनियन (इयु) मा रहने कि छुट्टिनेबारे जनमत संग्रह भयो। बेलायती जनतासँग जनमतका लागि दुई विकल्प थिए, इयुमै रहने वा इयुबाट छुट्टिने। यो कुनै आवधिक आमनिर्वाचन थिएन, जहाँ जनताले आगामी निश्चित वर्षका लागि जन प्रतिनिधि निर्वा्चित गर्थे । यो समाज विभाजनको चुनाव थियो ।
जतिसुकै समृद्ध र शक्तिशाली मुलुक भए पनि यो चुनावले बेलायतलाई भित्र र बाहिरबाट छियाछिया पारिदियो । साथै, यो चुनावले बेलायतभित्र र बाहिर पनि प्रजातान्त्रिक पद्धतिका चुनावका केही अचम्मका प्रश्न अगाडि सा¥यो जसको जवाफ आगामी पिँढीले सायदै दिनसक्ला । यो यस्तो चुनाव भयो जसले पूरा युरोप र विश्वलाई केही समय आर्थिक सामाजिक रुपमा प्रभाव पार्ने भयो भने आधुनिक युगको चुनावका बारेमा थप बहस सिर्जना गर्ने भयो ।
युरोपका दुई दर्जनभन्दा बढी देश मिलेर बनेको इयुले साँच्चिकै अर्थमा सदस्य राष्ट्रलाई आर्थिक रुपमा एउटै देश बनाएको छ । यसले संसारको कुनै पनि आर्थिक मञ्चमा उसको दबदबा स्पष्ट देखिन्छ । इयु गठन हुनुपहिले र अहिलेको स्थितिमा त्यहाँका देशको आर्थिक स्तरमा राम्रै उतार आएको छ भने अरु क्षेत्रमा पनि उनीहरूको सहकार्य उत्तम छ । यसले सदस्य राष्ट्रका नागरिकलाई पूरै इयुभित्र आवत–जावत गर्न, व्यापार गर्न, अध्ययन गर्न, चलअचल सम्पत्ति खरिद बिक्री गर्न पूर्ण रुपमा छुट दिएको छ ।
बेलायत कुनै बेला संसारको एक्लो शक्तिशाली देश थियो । त्यसैले अझै पनि कतिपय बेलायतीहरुमा ‘मेरो बाले घिउ खाएका थिए मेरो हात सुँघ’ भन्ने मानसिकता पाइन्छ । एउटा ठूलै तप्का बेलायतजस्तो शक्तिशाली देश सानातिना झिनामसिना देशसँग एउटै लाइनमा उभिनु हुन्न भन्ने तर्कमा जहिले पनि अडिग रह्यो । उसले इयुका धेरै कुरामा सहमति जनाए पनि आफ्नो मुद्रा पाउण्डलाई कहिल्यै युरोमा बदलेन । यो स्वर ठूलो हुँदै जाँदा सरकारले जनमत संग्रह गर्ने कठोर निर्णय लियो ।
अर्थ प्रवाह ५१ मौद्रिक नीतिः राम्रो तर अपूरो
February 28, 2024